गण्डकीका २१६ सहित देशभर २,४२१ जनामा कोरोना संक्रमण पुष्टी

corona update

असार ९, कास्की,

बुधबार गण्डकीमा थप २१६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २६ जनामा गरिएको नमुना परीक्षणमा थप २१६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका ६० जना सहित, पर्वतका ५० जना, नवलपुरका ३९ जना लमजुङका २१ जना, बागलुङका १७ जना, स्याङ्गजाका १६ जना, म्याग्दीका ९ जना र तनहुँका ४ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५३ हजार ३८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३७६ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको कुल संख्या ४९ हजार ३७१ पुगेको छ ।

बुधबार पनि गण्डकीमा थप ४ जनाको मृत्यु पुष्टि भएको छ । जसमध्य कास्कीका ३ जना र स्याङ्गजाका १ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ सय ५ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
गएको २४ घण्टामा देशभर २,४२१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा तीन हजार पाँच सय ५८ जना सङ्क्रमणमुक्त भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५० हजार पाँच सय २० रहेको छ ।

यस्तै यो अवधिमा कोरोना सङ्क्रमणका कारण ५२ जनाको ज्यान गएको र विभिन्न समयको थप २९ जना गरी ८१ जनाको ज्यान गएको मन्त्रालयले बताएको छ ।