टोकियो ओलम्पिकमा आज नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दै

alexgender_shah

साउन १२, काठमाण्डौ,

टोकियो ओलम्पिकमा आज नेपालका एक खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिकमा आज पौडी खेलाडी एलेक्जेन्डर (एलेक्स) शाहले प्रतिस्पर्धा गर्ने छन् ।

एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । उनको खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

TO-Opening2-1-scaled

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा एलेक्स हिट १ मा रहेका छन् । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका छन्। एलेक्स रहेको हिट १ मा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडी रहेका छन् ।

टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । एलेक्ससँगै गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छन्। गौरिकाको प्रतिस्पर्धा भने बुधबार रहेको छ । गौरिकाले महिला १ सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्ने छिन् ।