लायन्स न्यूरोड चौतारीद्धारा केदारेश्वर मन्दिर परिसरमा बृक्षरोपण

232053561_267258718112119_3053499522328986841_n

साउन २४, कास्की,

लायन्स क्लब अफ न्यूरोड चौतारीले पोखराको फेवाताल किनारास्थित केदारेश्वर मन्दिर परिसरमा बृक्षरोपण गरेको छ । बार्षिक कार्यतालिका अनुसार क्लवले केदारेश्वर महादेवमणी मन्दीर परिसरमा फलफुलका र विभिन्न वनस्पतिका बिरुवा रोपेको हो ।

लायन्स अन्तराष्ट्रिले बढ्दो वातावरणीय प्रभावलाइ रोक्नका लागि विश्वभर
बृक्षरोपण गर्ने अभियान अन्तरगत विभिन्न प्रजातीका फलफुलका विरुवा सहित अन्य वनस्पतिजन्य करिव तीन दर्जन विरुवा मन्दिर परिषरमा रोपिएको क्लवका अध्यक्ष तुलसी प्रसाद पोखरेलले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि एवं लायन्स क्लव अन्तराष्ट्रिय, डिष्ट्रिक ३२५ बी १ नेपालका बृक्षरोपण कार्यक्रमका प्रमुख बसन्त गिरीले विश्वमा बढदो वातावरणीय प्रभावलाई सन्तुलन कायम गर्नका लागि लायन्सले वृक्षरोपण कार्यक्रमलाइ प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्दै आएको बताए । उनले बृक्षरोपणले वतावरण सन्तुदन कायम गर्नूका साथै भू–क्षय लगायतका समस्याको नियन्त्रण गर्ने उल्लेख गरे ।

त्यसैगरी कार्यक्रममा केदारेश्वरमणी महादेव मन्दीरका प्रमुख डा.लेखनाथ आचार्य, क्लवका तृतिय अध्यक्ष कृष्ण लम्साल लगायतले क्लवले आगामि दिनमा पनि यस्ता कार्यक्रममा आयोजना गर्नुपर्नेमा जोड दिएका थिए ।
क्लवका अध्यक्ष तुलसी प्रसाद पोखरेलको सभापतित्वमा भएको कार्यक्रमको सचिव पुर्ण बहादुर थापाले सहजिकरण गरेका थिए ।