प्रधानमन्त्रीलाई मतदान नगर्नेलाई कारबाही हुन्छ : भट्टराई

bisal bhattrai

बैशाख २७, काठमाण्डौ

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको संसद् बैठकमा अनुपस्थित हुने वा प्रधानमन्त्रीलाई मतदान नगर्ने एमालेका सांसदलाई कारबाही गर्ने बताउनुभएको छ ।

केहि बेर अगाडि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘हामीले हिजै प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन गरिसकेका छौँ । बैठकमा सहभागी नहुने सांसदहरूलाई पार्टीको बैठक राखेर कारबाही गर्छौं ।‘

माधव नेपाल समूहले भने आफ्ना मागहरु सम्बोधन नहुँदासम्म ओलीको पक्षमा मतदान नगर्ने अडान राख्दै आएको छ ।

संसदमा ह्वीप विपरित मतदानमा सहभागी हुँदा कारबाही प्रक्रियाबाट सांसद पद जाने भएपछि नेपाल पक्षधर समूहले संसदबाटै राजीनामा दिने निर्णय गरेका थिए । तर, सामूहिक राजीनामा गर्नबाट पछि हटेको छ ।