भियतनाममा हावामार्फत तीव्र गतिमा सङ्क्रमण फैलने खालको कोरोनाको नयाँ भेरियन्ट भेटियो

new verint

जेठ १६, एजेन्सी,


भियतनाममा तीव्र गतिमा सङ्क्रमण फैलिने कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भियतनाममा भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबीचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको र यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने गरेको पाइएको त्यहाँका अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले नयाँ म्युटेशन निक्कै खतरनाक रहेको बताएका खबरमा उल्लेख छ । भियतनाममा पछिल्ला केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा छ । सन् २०१९ को अन्त्यमा चिनको वुहानबाट कोरोना भाइरस सुरु भएयता हजारौँ पटक यो भाइरस म्युटेट भइसकेको छ ।
भियतनाममा देखिएको पछिल्लो भेरियन्टलाई अहिलेसम्मकै खतरनाक र सङ्क्रामक मानिएको छ । नयाँ भेरियन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।