कांग्रेसको संसदीय दलको बैठक बस्दै

congress-sansadiya-dal

बैशाख २५, काठमाण्डौ,

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आउँदो बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूची रहेको संसदीय दलको कार्यालयले जनाएको छ ।

यसअघि गएको मंगलवार बसेको कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको थियो ।