धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका सीईओसँग अर्थ मन्त्रालयद्धारा स्पष्टिकरण माग

finance_ministry_and_sebon

साउन १४, काठमाण्डौ ,

अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई तीन दिने स्पष्टीकरण सोधेको छ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ मार्फत जारी गर्न लागेको प्राथमिक शेयर अर्थात् आईपीओमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखका आफन्तको नाममा शेयर रहेको समाचार बाहिरिएपछि अर्थ मन्त्रालयले धितोपत्र बोर्डका नाममा तीन दिने स्पष्टीकरण सोधेको हो ।


भीष्मराज ढुंगाना

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले अमेरिकामा रहेकी छोरीको नाममा ११ हजार नौ सय कित्ता शेयर किनेको र नेप्सेका सीईओ चन्द्रसिंह साउदले श्रीमतीका नाममा १० हजार कित्ता शेयर खरिद गरेको समाचार आएको थियो ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बुधवारदेखि लागू हुने गरी तीन दिनभित्र स्पष्ट गरी पठाउन भनेको छ ।

नेपाली शेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड र सञ्चालक नेप्सेका प्रमुखले नै स्वार्थ बाझिने र कानुन विपरीत शेयर खरिद गरेर राखेको भन्दै चौतर्फी आलोचना भएको छ ।