कास्कीका ११८ सहित थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण,, थप १६ जनाको मृत्यु

corona update

साउन ९, कास्की

शनिबार गण्डकी प्रदेशका थप ३ सय ३३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार नौ जनामा गरिएको नमुना परीक्षणमा ३ सय ३३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १ सय १८ जना सहित नवलपुरका १२४ जना, तनहुँका ४१ जना, गोरखाका २१ जना, बागलुङका ९ जना, स्याङ्गजाका ८ जना, लमजुङका ७ जना, म्याग्दीका ३ जना र पर्वतका २ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६३ हजार ९ सय ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ७७ जना कोरोनामुक्त भएसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको कुल संख्या ५९ हजार ९ सय १६ पुगेको छ ।

त्यस्तै शनिबार गण्डकीमा संक्रमणकै कारण कास्की र म्याग्दीका एकएक जना सहित स्याङ्गजाका दुई जना गरि ४ जनाको मृत्यु भएको छ । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या १ हजार ५० पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
देशभर शनिबार थप ३ हजार १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय २५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार २ सय ८५ परीक्षण गर्दा ८ सय ५ मा संक्रमण देखिएको हो ।

संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा २ हजार १ सय ९७ जना कोरोनाबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । अहिले नेपालमा २७ हजार सात सय ५७ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।