मस्तिष्कघात पछि पोखरामहानगर प्रमूख जिसीको न्युरो अस्पतालमा उपचार हुँदै

Mayor-GC-birami

साउन २, पोखरा,

मस्तिष्कघात भएपछि काठमाण्डौ रिफर गरिएका पोखरा महानगरपालिकाका प्रमूख मानबहादुर जिसीको काठमाडौंस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

उच्च रक्तचापका कारण मस्तिष्कघात भइ शुक्रबार (हिजो) बिहान बिरामी हुनु भएका प्रमूख जिसीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको हो ।

उहाँलाई शुक्रबार बिहान करिब ४ बजे असहज महसुस भएपछि तत्कालै महेन्द्रपुलस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ प्रारम्भिक उपचार गरी मणिपाल शिक्षण अस्पतालमा पु¥याइएको थियो ।

मणिपाल शिक्षण अस्पतालमा उहाँको उपचारमा संलग्न चिकित्सकका अनुसार उच्च रक्तचापले मस्तिष्कघात भई त्यसको असरले उहाँको शरीरको देब्रेतर्फ समस्या भएको छ ।

महानगर प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ति जारी गर्दै उहाँको काठमाण्डौंस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जानकारी दिनु भएको छ ।