भारतमा कोरोना संक्रमण दरमा कमि आउँदा मृत्यु दरमा भने वृद्धि

new verint

जेठ ७, एजेन्सी


भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमतण पछिल्ला दिनमा बिस्तारै ओरालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टाभित्र त्यहाँ २ लाख ५९ हजार २६१ जना नयाँ संक्रमित थपिएका हुन् ।
अघिल्लो दिन यो सख्या २ लाख ७६ हजारभन्दा बढी थियो । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ६० लाख नाघेको छ । नयाँ संक्रमितको संख्या केही घटे पनि पछिल्लो केही दिनयता दैनिक मृतकको संख्या भने रेकर्ड बन्न थालेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४२ सय ९ को मृत्यु भएको छ ।
यो योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख ९१ हजार नाघेको छ । संक्रमितमध्ये २ करोड २७ लाख भन्दा बढी निको भइसकेका छन् भने ३० लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ३८ लाखभन्दा बढी संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ करिब २९ हजार संक्रमित थपिएका छन् भने ६५३ जनाको मृत्यु भएको छ ।
तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ५८ लाख संक्रमित रहेका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ८३ हजारभन्दा बढी संक्रमित थपिँदा २५ सयभन्दा बढीको मृत्यु भएको छ ।