
जेठ १९, पर्सा,
प्रदेश २ को पर्सा जिल्लामा ब्ल्याक फङ्गसको संक्रमणबाट ३ जनाको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । पहिलोपटक वीरगंजमा देखापरेको ब्ल्याक फङ्गस संक्रमण हालसम्म ८ जनामा पुष्टि भएको छ । ८ जना संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ भने बाँकी ५ जना संक्रमितको थप उपचारका लागि भारत पठाइएको नारायणी अस्पतालका डा. नीरज सिंहले जानकारी दिनुभयो ।
करिब एक महिनाअघि वीरगञ्जकै एड्भान्स अस्पतालमा उपचाररत रहेकी वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ स्थित अलौंकी ६५ वर्षीया महिलामा पहिलो पटक ब्ल्याक फङ्गसको संक्रमण पुष्टि भएको र उनलाई उपचारको प्रयास गरेपनि बचाउन नसकेको बताउनुभयो ।