सरकारको न्यूनतम साझा कार्यक्रम आईतबार सार्वजनिक गरिने

gathbandhan

साउन २३, काठमाण्डौ,

सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि भोलि सार्वजनिक गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाको सांसद दुर्गा पौडेलले जानकारी दिनुभयो ।

कार्यदलले गठबन्धनको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई शुक्रबार हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।