“यो सरकार अपवित्र नन्दिभृंगी जालीझेलीहरूको हो” : ओलि

kp_oli1

साउन २५, काठमाण्डौ,

सरकारको न्यूनतम कार्यक्रम आफूहरूविरुद्ध गाली गलौजको पुलिन्दा र सरकार असंवैधानिक र अपवित्र नन्दिभृंगी जालीझेलीहरूको गठबन्धन भएको पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाउनुभएको छ ।

अदालतको परमादेशबाट बन्दै गरेको सरकार एक महिनासम्म गठन हुन नसकेको भन्दै उहाले हिजो आफ्नो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ भन्नेहरूको पार्टीगत किचलो छरपस्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो ’के अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ?

केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलिले भन्नुभयो, ’भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक पुल र विमानस्थलहरू, ओली याद आउने सबै चिजहरू ।’

’भ्रष्टाचारीलाई कारबाही गर्ने रे । क्यान्टोन्मनेटको भ्रष्टाचार विगतको लुट, निजी सम्पत्ति कब्जा छानबिन हुन्छ ? वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड कहिले भयो?’, उहाँले माओवादीलाई लक्षित गर्दै सोध्नुभयो, ’संलग्न गठबन्धनका नेताहरूलाई कार्बाही गर्न सक्नुहुन्छ ? कि झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र गर्ने प्लान हो ? आछुयुँ खाए हाछ्युँ खाएँ झुसे बारुलो ।’

एमालेले तमाम देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर सरकारको गलत रवैयाको प्रतिकार गर्ने पनि ओलिले चेतावनी दिनुभयो ।

उहाले विपक्षीलाई प्रश्नै प्रश्न तेर्स्याउनुभयो ,’एमसिसीबारे किन बोल्न नसकेको ? ’तपाईंंहरूकै पालामा सम्झौता गरेको होइन? १ सय ६५ को कृत्रिम मतले विश्वासको मत लिएकै छौ त, पास गर्नु नि किन हामीलाई दोष? हामी त स्पष्ट छौ ।’

एमालेले बनाएको कार्यदलले दिएको सुझाव र वुद्धिजीवी र विज्ञहरूले दिएको सुझावका आधारमा जनताको भावनाअनुसार एमसिसी संशोधनसहित पास हुनुपर्ने ओलिको भनाई थियो ।