नेप्से परिूचक घट्दा पनि शेयर बजारमा झन्डै १७ अर्बको कारोबार

Share_nepse_market

जेठ २६, पोखरा,

शेयर बजार कारोबार मापक नेप्से परिसूचक बुधवार (आज) साढे १३ अङ्कले घटेको छ । नेप्से १३ दशमलव ५६ अङ्कले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आज व्यापार, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, जीवन बीमा र म्युचल फन्ड समूहबाहेक अरू समूहको परिसूचक घटेका छन् । विकास बैंक समूहको परिसूचक दुई सय ११ दशमलव ८८ अङ्कले, माइक्रोफाइनान्सको परिसूचक १८ दशमलव ६५ र हाइड्रोपावरको परिसूचक १५ दशमलव ९१ अङ्कले घटेको छ । आज उत्पादनमूलक समूहको परिसूचक भने सबैभन्दा धेरै दुई सय ३७ दशमलव ४६ अङ्कले बढेको छ ।

आन दुई सय २१ कम्पनीका १६ अर्ब ९९ करोड ७० लाख रुपैयाँ बराबरको तीन करोड १३ लाख कित्ता शेयर किनबेच भएका छन् । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सबैभन्दा धेरै ८७ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।