जसपाको आधिकारिकता बिबादबारे आज निर्णय हुने

jasapa bibaad

साउन ११, काठमाण्डौ,

जनता समाजवादी पार्टी ९जसपा०को आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ ।

महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने सम्भावना बढेको छ ।

दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो । आयोगले आज बिहान ११ बजे सबैलाई आयोगमा उपस्थित हुन भनेको छ ।

५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले कमजोर भएको छ । यादव समूह अहिले कार्यकारिणी समितिका साथै संसदीय दल दुवैतर्फ बहुमतसहित बलियो छ ।

यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गर्दै आएको छ । आफूतिर रहेका नेताहरु अर्को पक्षमा जान सक्ने भएकाले यादव पक्षले आफ्ना सदस्यहरुलाई हिजैदेखि रिसोर्टमा राखेको छ ।