चारदिन लगातार बढेको नेप्से आज १६ अङ्कले घट्यो

share-bajar

साउन २१, काठमाण्डौ,

चार दिन लगातार बढेको शेयर बजार आज बिहीवार भने घटेको छ । नेप्से आज १६ अङ्कले घटेर तीन हजार एक सय सात दशमलव ४५ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स समूहको शेयर ३९ अङ्कले, जलविद्युत समूहको ७६ अङ्कले, होटल समूहको ४७, अन्य समूहको १७, उत्पादन समूहको ६९, फाइनान्स समूहको २४, जीवन बीमा समूहको ५९ र निर्जीवन बीमा समूहको शेयर ५६ अङ्कले घटेको छ ।

आज विकास बैंक समूहको शेयर भने झन्डै एक सय ११ अङ्कले बढेको छ । आज दुई सय २६ कम्पनीका दुई करोड ८८ लाख ४५ हजार कित्ता शेयर १४ अर्ब ३१ करोड ६२ लाख रुपैयाँमा किनबेच भएका छन् ।