साउन २६, काठमाण्डौ,
शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार झन्डै ५२ अङ्कले बढेको छ । नेप्से आज ५१ दशमलव ८६ अङ्कले बढेर तीन हजार एक सय ६१ दशमलव ४४ विन्दुमा पुगेको छ ।
आज बैंकिङ समूहको शेयर ३९ अङ्कले, विकास बैंकको चार सय ६ अङ्कले, फाइनान्सको एक सय ९० अङ्कले र माइक्रोफाइनान्सको ७३ अङ्कले बढेको छ । यस्तै जीवन बीमा समूहको शेयर दुई सय ११ अङ्कले, निर्जीवन बीमा समूहको शेयर एक सय ४२ अङ्कले, उत्पादनको ४४ अङ्कले र अन्य समूहको शेयर आठ अङ्कले बढेको छ ।
पछिल्ला केही दिन निरन्तर बढिरहेको जलविद्युत् समूहको शेयर आज भने घटेको छ । समग्र बजार बढे पनि आज साञ्जेन जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । आज धेरैजसो जलविद्युत् कम्पनीको शेयर ओरालो लागेको छ ।
आज दुई सय २५ कम्पनीका तीन करोड ३५ लाख ३५ हजार कित्ता शेयर १७ अर्ब ८४ करोड ६१ लाख रुपैयाँमा कारोबार भएका छन् ।