कास्की आदर्श समाज युएईद्वारा मादी गाउँपालिकाका बाढीपीडितलाई आर्थिक सहयोग

kaski samaj

साउन २, कास्की

कास्की आदर्श समाज युएईले मादी गाउँपालिकाका बाढीपीडितहरूलाई आर्थिक सहयोग गरेको छ । मनसुनसँगै देशभरि परेको अविरल वर्षाका कारण गत जेष्ठ ३१ गते मादी नदीमा आएको बाढीले वडा नं १ सोंधा गाउँका ८ घरपरिवार प्रभावित भएका थिए ।

बाढीबाट विस्थापित स्थानीय श्री दूधपोखरी माविमा अस्थायी रूपमा बसोबास गरिरहेका छन् भने अन्य ४ घरपरिवार जोखिममा परी छिमेकीहरूको घरगोठमा आश्रय लिइरहेका छन् ।

शुक्रबार एक कार्यक्रम गरि १२ घरपरिवारका लागि जनही ६ हजार २ सय ५० का दरले ७५ हजार नगद सहयोग गरेको समाजका कोषाध्यक्ष एवम् सहयोग हस्तान्तरण टोलीका संयोजक विजय त्रिपाठीले जानकारी दिनुभएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा समाजका संस्थापक सदस्य एवम् संरक्षक ओम गुरुङ, आजीवन सदस्य दुर्गाबहादुर गुरूङ, वडाका जनप्रतिनिधि टिकाराम गुरुङ, संस्थापक सचिव एवम् सल्लाहकार केदार कुँबर, दूध पोखरी युवा क्लवका अध्यक्ष टेकबहादुर गुरुङ, समाजका सल्लाहकार चन्द्रमोहन आचार्य, भीम गुरुङ पूर्व क्षेत्रीय उपाध्यक्ष चोकप्रसाद दाहाल, क्षेत्रीय कोषाध्यक्ष विनोद केसी लगायतको सहभागिता रहेको थियो ।