युरोपेली सङ्घद्वारा २८ करोड २० लाख रुपैयाँको सहायता

eu

बैशाख ३०, काठमाण्डौ,

कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ (ईयू) ले २८ करोड २० लाख रुपैयाँ बराबरको मानवीय सहायता परिचालन गरेको छ ।

महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै ईयूले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तवासमा रहेका बिरामीलाई ‘टेलिहेल्थ÷टेलिमेडिसिन’ कुन अस्पतालमा लैजाने भन्नेबारेमा तत्काल सल्लाह दिनेलगायत सेवाका लागि यस रकम परिचालन गरिएको ब्रसेल्समा रहेको ईयूको प्रधान कार्यालयले जनाएको छ ।

सहयोगस्वरूप प्राप्त रकमबाट अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्रेटर, घरेलु उपचार सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, ‘एन्टिजेन’ परीक्षण साधन खरिद एवम् आपूर्ति गरिनेछ ।