बिलबोर्ड म्युजिक अवार्डमा प्रियंकाको हट लुक ( ३-तस्बीरहरु )

priyanka_chopra_1

जेठ ११, एजेन्सी

चर्चित अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस हमेशा चर्चामा छाउने गर्दछन् । प्रियंका जब पति निकका साथ रेड कार्पेटमा उत्रिने गर्दछिन्, उनको विशेष चर्चा हुने गर्छ । उनी आफ्नो लुक्स र स्टाइलिश अन्दाजले सबैको मन जित्दै चर्चाको केन्द्रसमेत बन्दछिन् । यो जोडीको तस्बिर सार्वजनिक हुने बित्तिकै इन्टरनेटमा सबैतिर छाउने गर्दछ ।

अहिले फेरि यो जोडी तस्बिरका कारणले चर्चामा छाएका छन् । तस्बिर बिलबोर्ड म्युजिक अवार्ड २०२१ को दौरानमा खिचिएकोे हो । अवार्ड २३ मेमा अमेरिकाको लस एन्जलसमा आयोजना भएको थियो ।

लुक्सको कुरा गर्ने हो भने तस्बिरमा प्रियंका न्युड कलरको शिमरी थाई हाई स्लिट आउटफिटमा बोल्ड देखिएकी छन् । यो ड्रेसमा उनको क्लीवेजसमेत देखिएको छ ।

निक भने हरियो कलरको पाइन्ट, शर्ट र ज्याकेटमा ह्याण्डसम देखिएका छन् । प्रियंका र निकको यो तस्बिरलाई फ्यानले निकै रुचाएका छन् ।

बिलबोर्ड म्युजिक अवार्डमा प्रियंका उनका पति निक जोनसको साथका लागि मात्र पुगेकी थिइनन् । अवार्डमा उनी प्रस्तोताको रुपमा समेत सहभागी थिइन् ।