ओली फेरी पनि प्रधानमन्त्री बन्न सक्ने : अहिलेको सरकार कामचलाउ

kp rudai

बैशाख २८, काठमाण्डौ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार कामचलाउको हैसियतमा पुगेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गर्न दलहरुलाई आह्वान गरेकाले नयाँ सरकार गठन नहुञ्जेल मन्त्रिपरिषद् कार्यसञ्चालनको जिम्मा ओलीलाई नै दिनुभएको छ ।

नयाँ सरकार गठन नहुञ्जेलसम्मको अवस्थामा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई कामचलाउको जिम्मा तोक्नु भएको हो ।

संविधानको धारा ७६ को २ अनुसार बहुमतको सरकार गठनका विकल्प असफल भएमा संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दल एमालेको अल्पमतको सरकार बन्छ । यस्तो स्थितिमा फेरि पनि ओली नै प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहन्छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा जम्मा ९३ मत परेको थियो ।