जनताकै लापरवाहीले कोरोना फैलिएको प्रधानमन्त्री ओलीको आरोप

oli

बैशाख २५, काठमाण्डौ,

प्रधानमन्त्री केपी शर्मा ओलीले नियन्त्रणमा आइसकेको कोरोना भाइरसको संक्रमण सर्वसाधारणको लापरवाहीका कारण पुनः तीव्र गतिमा फैलिएको आरोप लगाउनुभएको छ ।

अमेरिकी नेटवर्क टेलिभिजन न्यूज च्यानल सिएनएनलाई शनिबार बिहान दिएको अन्तर्वातामा प्रधानमन्त्री ओलीले पहिलो लहरको संक्रमण लगभग नियन्त्रणमा आएपछि सर्वसाधारणले सावधानी नअपनाउँदा दोस्रो लहर आएको दाबी गर्नुभएको हो ।

अहिले आफूहरु नागरिकलाई सचेत बनाउँदै संक्रमणबाट जोगाउन लागि परेको पनि प्रधानमन्त्री ओलीले दाबी गर्नुभएको छ । उहाले नेपालमा हाल कोरोना भाइरसको संक्रमण नियन्त्रणको अवस्थामा रहेको दाबी गर्नुभयो । तर स्वास्थ्य मन्त्रालयले भने केही समय पहिले संक्रमण तीव्र गतिमा फैलिएको र स्वास्थ्य सेवाले थेग्न सक्ने अवस्था नरहेको बताएको थियो ।