गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका थापाद्वारा पार्टिको निर्णय विरुद्ध सर्वाेच्चमा रिट

krishna thapa

जेठ २१, कास्की,

गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाले कारबाही फिर्ताका लागि सर्वाेच्च अदालतमा रिट दायर गरेका गर्नुभएको छ ।

उहाले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले असंवैधानिक तरिकाले कारबाही गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।

उहाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङकै निरन्तरता चाहनुभएको थियो । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन दाबीपत्रमा हस्ताक्षर गर्न नमानेपछि बिहीबार जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएको थियो ।