गण्डकीका ६ सय ५३ सहित एकैदिन ७ हजार १ सय ३५ जना कोरोना संक्रमण मुक्त

update

जेठ १०, पोखरा,

गएको २४ घण्टामा देशभर सात हजारभन्दा धेरै जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।

गएको २४ घण्टामा देशभर सात हजार एक सय ३५ जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टमा देशभर सात हजार चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१९ हजार आठ सय ४६ जनाको पीसीआर विधाबाट परीक्षण गर्दा सात हजार दुई सय २० जनामा र ६ सय सात जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय पाँच जना गरी सात हजार चार सय २५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक सय ८५ जना सङ्क्रमितको ज्यान गएको छ ।

यस्तै पछिल्लो समय गण्डकीमा थप ७ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ७ सय ३४ जनामा गरिएको नमुना परिक्षणमा थप ७ सय ४४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका २६३ जना, तनहुँका १०४ जना, गोरखाका ११ जना, लमजुङका २३ जना, नवलपुरका १३३ जना, स्याङ्गजाका ८८ जना , पर्वतका ५९ जना, बाग्लुङका २१ जना, म्याग्दीका ३८ जना, मुस्ताङ र मनाङ जिल्लाका दुइ,दुर्ई जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३५ हजार ३२६ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीमा ६ सय ५३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २४ हजार ४२० पुगेको छ । सोमबार पनि गण्डकीमा थप २० जनाको मृत्यु पुष्टि भएको छ । यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय ५१ पुगेको छ ।
यसैबिच पछिल्लो समय नेपालमा कोरोना संक्रमणदरमा केहि कमि आएको छ । पछिल्लो एक साताको तथ्यांक हेर्दा औसतमा दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको छ ।
देशभरका विभिन्न जिल्लामा जारि गरिएको निषेधाज्ञाका कारण संक्रमणदरमा कमि आएको मन्त्रालयले बताएको छ ।