कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको सपथ लिँदै/विभिन्न नेताहरु शितलनिवासमा/ओलि उपस्थीत नहुने

shitalniwas

असार २९, कास्की

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ समारोहमा सहभागी हुन नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको छ ।

उहा पूर्वप्रधानमन्त्रीको रुपमा शीतलनिवास पुगेका हुन् । तर, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने शपथ समारोहमा सहभागी हुनुभएको छैन । शपथ समारोहमा ओली सहभागी नहुने उहाको सचिवालयले जनाएको छ ।

यद्यपि, नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भन्दै देउवाले शपथ लिन नमानेपछि अहिले राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच छलफल चलिरहेको छ ।