अध्यादेश विरुद्ध पोखरामा युवा संघको प्रदर्शन (विज्ञप्ति सहित)

yuwa-sang-gandaki

भदौ २, कास्की,

एमाले निकट युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा पोखरामा बुधबार विरोध प्रदर्शन गरेको छ । मानवअधिकार चोकबाट सुरु भएको विरोध ¥याली महेन्द्रपुलमा आएर कोण सभामा परिणत भएको थियोे ।

सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी अध्यादेशको विरोधमा युवा संघले प्रदर्शन गरेको हो ।
‘शेरे तेरो पाराले, दुःख पाए साराले’ ‘दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर’ ‘कम्फर्टेबल सरकार मुर्दाबाद’ लगायत नारा लगाएर युवाहरुले प्रदर्शन गरेका हुन् ।

नेकपा एमाले विभाजन गर्ने उद्धेश्यका साथ देउवा सरकारले अध्यादेश भन्दै युवाहरु विरोधमा उत्रिएका हुन् ।

युवा विद्यार्थीहरुको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड भएको थियो । विरोध सभा सकिएपछि सरकारी गाडी नं बा १ झ ५३१ ले परिवार ओसारेको, कार्यकतालाई ठोक्काउदै सवार गरेकोमा, गाडी दुरुपयोग भयो भनेर विरोध गर्दा प्रहरीसँग झडप भएको युवा संघ गण्डकी अध्यक्ष महेन्द्र गुरुङले बताउनुभएको छ ।