गण्डकीका ४ सय ८ सहित देशभर थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

corona update

असार २, पोखरा,

गण्डकी प्रदेशमा थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३८४ जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १ सय ५ जना सहित, तनहुँका ८७, नवलपुरका ६९, लमजुङका ५८, बागलुङका ५६, गोरखाका १६, स्याङ्गजाका ८, म्याग्दीका ५ र पर्वतका ४ जना रहेको छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५१ हजार ४३५ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ५ सय २५ जना कोरोनामुक्त भएसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४५ हजार ३४६ पुगेको छ ।

त्यस्तै गण्डकीमा थप सात जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्की, नवलपुर र मुस्ताङका दुईदुई तथा तनहुँका एक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ८ सय ६१ पुगेको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ६ सय ८७ जनाको पीसीआर परिक्षण गर्दा २ हजार १४ र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ८ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल सङ्ख्या ८ हजार पाँच सय ५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ८२ जनासहित कुल ५ लाख ४३ हजार पाँच सय २१ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । अहिले ५०० जना भन्दा वढि सक्रिय संक्रमित रहेको जिल्लाको संख्या ४३ रहेको मन्त्रालयले जनाएको छ ।