पोखरामा जिल्ला पौडी संघले विश्व एक्वेटिक दिवस मनायो

pokhara

साउन ३, कास्की,


कास्की जिल्ला पौडी संघले एक कार्यक्रम गरी पोखरामा विश्व एक्वेटिक दिवस मनाएको छ।
पौडी संघले कोभिड १९ का कारणलाई मध्यनजर गर्दै विशेष कार्यक्रम गर्न नसकेको संघका अध्यक्ष वैभव पौडेलले जानकारी दिनुभयो।

विश्व एक्वेटिक दिवसका दिन पोखरामा हरेक वर्ष पौडी खेलका प्रतियोगिता भएपनि यसपालि भने कार्यक्रम आयोजना गर्न नसकेको उहाले बताउनुभयो।

जिल्ला खेलकुद विकास समिती कास्कीका कार्यालय प्रमुख प्रकाश बराल प्रमुख अतिथी रहेको कार्यक्रममा, नेपाल पौडी संघका केन्द्रिय सदस्य विप्लव पौडेल, पौडी प्रशिक्षक आनन्द कुवंर लगायतको सहभागिता रहेको थियो।

संघले आफ्नो स्थापनाको दिनलाई एक्वेटिक दिवसको रुपमा हरेक वर्ष मनाउँदै आएको छ।