कास्कीमा एक महिलाको आफ्नै श्रीमानद्धारा हत्या

murder-hatya

साउन २६, कास्की,

कास्कीको बाझाखेतमा मादक पदार्थ सेवन गरी श्रीमानले श्रिमतिको हत्या गरेका छन् ।

श्रीमतीलाई सिलौटाको लोहोरोले हिर्काउंदा कास्कीमा एक महिलाको ज्यान गएको छ ।

कास्कीको माछापुछ्रे गाउँपालिका वडा नं –२ स्थित बाझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीले मंगलबार बिहान अन्दाजी १० बजे ५५ वर्षीया आफनै श्रीमती श्रीमाया कामीलाई सिलौटाको लोहोराले हिर्काउँदा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीका अनुसार श्रीमानको लोहोरा प्रहारबाट टाईकोमा चोट लागि गम्भिर घाइते भएकी उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पाताल ल्याइएकोमा उपचारकै क्रममा उनको ज्यान गएको हो ।

घटनास्थलमा खटिएको प्रहरीको टोलीले मृतकको श्रीमान् श्रीराम कामीलाई नियन्त्रणमा लिएको छ भने, घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।