‘हिन्दूराष्ट्र र राजसंस्थाबारे नेपालमा जनमतसंग्रह हुनुपर्ने’ भाजपा नेता को भनाई

dr.-dinesh-upadhyaya-bharatiya neta

भदौ २, काठमाण्डौ,

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायले नेपालमा हिन्दुराष्ट्र र राजसंस्थाको विषयामा जनमत संग्रह हुनुपर्ने बताउनुभएको छ ।

जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय भएको बताउँदै उहाँले राजनीतिमा धर्म हुनुपर्ने तर धर्ममाथि राजनीति गर्न नहुने बताउनुभयो । उहाँले हिन्दूराष्ट्र र राजसंस्था राजनीतिक विषयभन्दा अलग भएको बताउनुभयो ।

‘हिन्दूराष्ट्र र राजसंस्था, यो राजनीतिभन्दा अलग विषय हो,’ बुधबार काठमाडौंमा भएको एक साक्षात्कारमा बोल्दै नेता उपाध्यायले भन्नुभयो, ‘मलाई लाग्छ, हिन्दूराष्ट्रको विषयमा नेपालमा जनतमतसंग्रह हुनुपर्छ ।’

दार्चुलामा तुईनबाट खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा डा. उपाध्यायले दुबै पक्षको संयन्त्रले सत्यतथ्य छानविन गरेर सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।