कास्कीमा सवारीमा जोर–विजोर प्रणालि सहित निषेधाज्ञाको समय थप

nised

साउन ६, पोखरा,

जिल्ला प्रशासन कार्यलय कास्कीले जिल्लामा निषेधाज्ञाको समयलाई थप गर्दै असार १५ गते सम्म पुर्याएको छ ।

आइतबार साँझ आदेश जारी गर्दै असार ७ गते राति १२ बजेदेखि लागुहुने गरि निषेधाज्ञाको समय १५ गते राति १२ बजेसम्मकोलागि थप भएको हो ।

निषेधाज्ञा अवधीमा सर्वाजनिक सवारी साधन चल्न पाउने छैनन् भने निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । थप गरिएको निषेधाज्ञाको समयमा जोर गते जोर र विजोर गते विजोर सवारी साधन गुड्न पाउने व्यबस्था गरिएको छ ।

दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने खाद्यन्न पसल भने विहान ५ बजेदखी मध्यान्न १२ बजेसम्म खोल्न पाइने गरि २ घण्टा समय थप गरिएको छ । पसल संचालन गर्दा अनिवार्य २ मिटरको भौतिक दुरी कायम राखी स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने आदेशमा उल्लेख रहेको छ ।