पोखरामा ११, १२ र १४ गते कोरोना विरुद्धको खोप कार्यक्रम (पूर्ण जानकारी सहित)

vaccine

साउन १०, कास्की,

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले कोरोना विरुद्धको भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप भोलि (सोमबार) देखि पुनः लगाउन सुरु गर्नेभएको छ ।

५२ वर्ष माथी उमेर समूहका व्यक्तिहरु, शिक्षकहरु, अपाङ्गता भएका व्यक्ति तथा वैदेशिक रोजगारमा जाने व्यक्तिलाई ११, १२ र १४ गते खोप लगाउने विज्ञप्ति मार्फत जानकारी दिएको हो ।

११ गते पोखरा महानगरपालिकाको वडा नं. १८ देखि ३३ सम्मका ५५ वर्षमाथिको उमेरसमुहका अहिले सम्म कुनैपनि खोप नलगाएकालाई खोप दिईने महाशाखाले जानकारी दिएको छ । त्यस्तै १२ गते १८ देखि ३३ वडाकै ५२ देखि ५४ वर्ष उमेरसमुहलाई र १४ गते वडा नं. १ देखि १७ सम्मका ५२ देखि ५४ वर्ष उमेरसमुह मध्य यसअघि खोप नलगाएकालाई खोप दिईने महाशाखाले जनाएको छ ।

खोप लगाउनकालागि मिति र खोप केन्द्र निम्न अनुसार स्वास्थ्य महाशाखाले तोकेको छ …