एमाले स्थायी कमिटी बैठक सोमबार बिहान बस्ने

umale

जेठ १६, काठमाण्डौ,

एमाले स्थायी कमिटी बैठक सोमबार बिहान १० बजे बस्ने भएको छ । यसअघि आफ्ना सांसदलाई कारवाही गर्ने विषयमा छलफल गर्न आईतबार साँझ ५ बजे बोलाइएको बैठक स्थगित गरेर सोमबारकोलागि बोलाईएको
पार्टी सचिव शेरवहादुर तामाङ्गले जानकारी दिनुभएको छ ।

सचिव तामाङका अनुसार शिर्ष नेतृत्वको कार्यव्यस्तता र समय अभावका कारण आईतबारको बैठक स्थगित भएको हो ।

सोमबार बैठक बालुवाटारमा बस्ने तय भएको छ । बैठकमा सरकारले अध्यादेशबाट ल्याएको बजेटको समीक्षा र देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारवाहीको प्रक्रिया अगाडी बढाउने तयारी भैरहेको छ ।

यस्तै कोभिड संक्रमणको विषय तथा आगामी रणनीतिको विषयमा पनि छलफल हुने जनाइएको छ ।