सेती नदीमा महिलाको शव भेटियो, चट्याङ्ग लागेर बागलुङमा एक बालको ज्यान गयो

sab with chattyaang

जेठ १८, तनहुँ,

तनहुँमा एक महिलाको शव फेला परेको छ । मंगलबार बिहान अन्दाजी ६ः३० बजेको समयमा जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं –९ स्थित सेती नदीको बीच भागको बगरमा महिलाको शव फेला परेको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

सिलवालका अनुसार मृतक म्याग्दी जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं –८ काफलडाँडा घर भई हाल शुक्लागण्डकी –२ स्थित चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीया निरीमाया पाईजा रहेकी छन् । उनको मृत्युको कारणबारे खुलिसकेको छैन ।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
यसैबिच
मंगलबार अपराह्न परेको चट्याङ लागेर बागलुङको बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ । बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल लाँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।