कास्की प्रहरीद्धारा अक्सिजन ग्याँस सिलिण्डर संकलन गरी अक्सिजन कम्पनिहरुलाई हस्तान्तरण

१ (1)

वैशाख २५ ,पोखरा,


विश्वव्यापी महामारीको रुपमा रहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको संक्रमण नेपालमा पनि दिनप्रतिदिन बढ्दै गईरहेको छ । कोरोना संक्रमितहरुको संख्या बढेसंगै उपचारको लागि अत्यावश्य मानिने अक्सिजन ग्यासको अभाव समेत देखा पर्न थालेको छ ।
यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय कास्कीले अस्पतालहरुमा अक्सिजन सिलिण्डरहरुको अभाव नहोस भन्ने उद्देश्यका साथ जिल्ला स्थित बिभिन्न मेटल उद्योग, वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ लगायत अक्सिजन सिलिन्डर उपयोग हुने स्थानहरुबाट संकलन गरी अक्सिजन उद्योगलाई हस्तान्तरण गरेको छ ।


बिभिन्न अक्सिजन उत्पादन कम्पनी तथा स्थानीय जनप्रतिनिधिहरुसंगको सहकार्यमा संकलन गरिएका उक्त अक्सिजन ग्यास सिलिण्डरहरु पछी सम्बन्धित संस्था तथा कम्पनीहरुलाई नै फिर्ता गर्ने गरी हालकोरोना संक्रमितको उपचारको लागि प्रयोग गरिने प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट संकलन गरी बिभिन्न अस्पतालहरुमा पठाउने गरी १८७ थानअक्सिजन ग्याँस सिलिण्डरहरु पोखरा अक्सिजन प्रा.लि. र कालिगण्डकी अक्सिजन प्रा.लि.लाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले बताउनुभयो ।
साथै अन्य कम्पनी तथा व्यक्तिहरुसंग त्यस्ता अक्सिजन सिलिण्डरहरु छन भने अक्सिजन उत्पादन कम्पनिलाई उपलव्ध गराई सहयोग गरिदिनुहुन समेत उहाँले अनुरोध गर्नुभयो ।