पुम्दीकोटको बिशाल महादेवको मुर्ति दर्शनमा रोक

pumdi-bishayal-madhave-murti

साउन १५, कास्की,

पोखरा महानगरपालिका वडा नं २२, पुम्दीकोटस्थित बिशाल महादेवको मुर्ति दर्शनमा रोक लगाइएको छ ।

वडाध्यक्ष मित्रलाल बरालले महादेवको मुर्ति दर्शनका लागि पछिल्लो समय दर्शनार्थीहरुको उपस्थिति अत्यधिक हुन गएको र कोभिड १९ बढ्दै गएकोले सबैको सुरक्षाका लागि भन्दै महादेव परिसर बन्द गरिएको जानकारी दिनुभयो ।

वडा कार्यालयले अर्काे सूचना नभएसम्मका लागि मुर्तिको दर्शन र अवलोकनमा रोक लगाईएको एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।