धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई निलम्बन गर्न माग

vismaraj dhungana

साउन १७, कास्की,

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले शेयर खरिद विवादमा मुछिएका अध्यक्ष भीष्मराज ढुंगानालाई तत्काल निलम्बन गरेर कारबाही अगाडी बढाउन माग गरेको छ ।

युनियनले आइतबार विज्ञप्ति जारी गर्दै उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी विद्यमान कानूनका आधारमा सम्बन्धित निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानविन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न जोडदार माग गरेको हो ।

बुक विल्डिङ मार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सो संग निहित सम्बेदनशिल जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्ध प्रतिष्ठत अध्यक्ष तथा संचालकका रुपमा गम्भिर विचलन भएको युनियनको ठहर छ ।