गण्डकीका मन्त्री थापाद्धारा पारिश्रमिक वापतको रकम सामाजिक सेवामा खर्च

bindu-kumar-thapa 1

भदौ ५, कास्की,

गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रदेशबाट प्राप्त हुने पारिश्रमिक बापतको रकम सामाजिक सेवामा खर्च गर्नुभएको छ । उहाले शनिबार पोखरा ३३ भरतपोखरीका युवाहरुलाई १५ थान भलिबल र जाली हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले खेलकुद सामाग्री आफुले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिकबाट प्रदान गरेको जानकारी गराउनुभयो ।

मन्त्री थापाले नेपाली कांग्रेसको सरकार आएपश्चात पोखरा ३३ को विकासका लागि बजेट विनियोजन गर्न सफल भएको र हाल सोहि अनुरुपको काम भइरहेको बताउनुभयो । उहाले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्व हुनु सबैको जीत भएको दाबी गर्नुभयो ।

सरकारी निवास समेत प्रयोग नगरी आफ्नै घरमा बसेका मन्त्री थापाले सरकारको खर्च कटौती गरी विकास निर्माणका कार्यमा आफु समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पोखरा २१ र ३३ नम्बर वडा दुर्गम वडा भएको उल्लेख गर्दै मन्त्री थापाले उक्त क्षेत्रको विकासका लागि आफुले सक्दो प्रयास गर्ने बताउनुभयो ।