बहुमतीय सरकारमा दावी गर्न नसकेका बारेमा तीन विपक्षी दलको समीक्षा : ठिकै गरेको निष्कर्स

Narayan-Kaji-Shrestha

वैशाख ३१, काठमाण्डौ,

तीन विपक्षी दलका नेताहरुले बहुमतीय सरकारको दावी नगरेर ठीक गरिएको निष्कर्ष निकालेका छन् ।

बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी यादव समूहले बहुमतीय सरकारमा दावी गर्न नसकेका बारेमा समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेका हुन् ।

छलफलमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताको उपस्थिति थियो ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार जसपाको पूरै समर्थन नभएका बेलामा सरकारको दाबी पेश नगर्नु उचित नै भएको निष्कर्ष निकालिएको हो ।

बैठकले अब केपी ओलीले के गर्छन् चुनावको दिशातिर जान्छन् कि, महन्थहरूलाई हात लिएर विश्वासको मत लिन्छन्, त्यो हेरेर थप रणनीति तय गर्ने सहमति बनेको श्रेष्ठको भनाइ थियो ।