
साउन ९, काठमाण्डौ,
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुग्नुभएको हो ।
राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको जानकारी दिँदै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले यो नियमित भेटवार्ता भएको जिकिर गर्नुभयो ।
पद तथा गोपनियताको शपथग्रहणपछि देउवाले पहिलो पटक राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको हो । देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । यसअघि राष्ट्रपति भण्डारीले शुक्रबार बिहान एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको थियो ।