कास्कीका १४८ जना सहित देशभर थप ४ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

corona

साउन २०, कास्की,

गण्डकी प्रदेशमा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ११५ जनाको नमुना परिक्षण गरिएकामा ५०० जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये २३१ महिला र २६९ जना पुरुष रहेका छन् ।

थप संक्रमण पुष्टी हुनेमा कास्कीका १४८ जना सहित बागलुङका १६, स्याङ्जाका ६७, म्याग्दीका १, पर्वतका ७१, गोरखाका ४३, लमजुङका १६, तनहुँका ५३, र नवलपुरका ८५, जना रहेका छन् । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९ हजार ६५१ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत थप ४ जनाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १०९ जना पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ८५६ पुगेको छ ।

अहिले गण्डकीमा सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
यसैबिच
देशभर थप ४ हजार १ सय ७ जनामा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १६ हजार दुई सय ९८ नमुना परीक्षण गर्दा परिक्षण गरिएकामध्ये २६ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाको संक्रमण दर निकै माथि भएकाले सचेतता अपनाउनुपर्ने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ५ सय ३५ जना संक्रमण मुक्त हुँदा थप ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ९ सय ५७ पुगेको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार चार सय ६४ रहेको मन्त्रालयले बताएको छ ।