कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि नै खोप दिन सुझाव

class

साउन १३, कास्की,

प्रतिनिधि सभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । समितिको आज बुधवार बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड’ विषयक छलफलमा जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
समिति सभापति जयपुरी घर्तीले परीक्षा केन्द्रमा डाक्टर, नर्स र औषधिको व्यवस्था गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्छ भन्नुभयो । परीक्षार्थीलाई महामारीबाट जोगाउन जनस्वास्थ्यसम्बन्धी मापदण्ड लागू गरी परीक्षा सञ्चालन गर्नुपर्दछ, उहाँले भन्नुभयो, सङ्क्रमितलाई छुट्टै कक्षा कोठा व्यवस्था गरिनुपर्दछ ।
राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्ने भएको छ । चार लाख परीक्षार्थीले चार हजार तीन सय ३५ परीक्षा केन्द्रबाट झन्डै ९० विषयको परीक्षा दिँदैछन् ।
समिति सदस्य गिरिराजमणि पोखरेलले भौतिक उपस्थितिमा परीक्षा सञ्चालनका लागि शिक्षक र विद्यार्थीलाई खोप उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।