प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आज प्रतिनिधिसभाको बैठक बस्दै

kp rudai

बैशाख २७, काठमाण्डौ,

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनको लागि आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।

दिउँसो १ बजे शुरू हुने बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो वक्तव्यसहित विश्वासको मत माग्नुहुनेछ । प्रतिनिधि सभामा हाल २७१ जना कायम सङ्ख्या रहेको छ ।

प्रधानमन्त्रीले विश्वासको मत पाउन १३६ सदस्य आवश्यक पर्छ । प्रतिनिधि सभामा एमालेका तर्फबाट १२१ सदस्य छन् । एमाले एकै ठाउँमा उभिए पनि प्रधानमन्त्रीलाई विश्वासको मतका लागि थप १५ सदस्य आवश्यक पर्ने छ ।

कांग्रेस र माओवादीले विपक्षमा मत दिने निर्णय गरेको र जसपा पनि तटस्थ बस्ने भएकाले प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना कम रहेको छ ।