गण्डकीमा अहिलेसम्मकै धेरै १६ जनाको एकैदिन संक्रमणबाट मृत्यु,, देशभर ९ हजार ३ सय ५ संक्रमित थप

corona

बैशाख २९, पोखरा,

गएको २४ घण्टामा नेपालमा नौ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार तीन सय ६२ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा नौ हजार दुई सय ३८ र चार सय २४ जनाको एन्टिजेनमार्फत परीक्षण हुँदा ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोना सङ्क्रमणका कारण नेपालमा थप एक सय ६८ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२५२ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा गण्डकीमा थप ९४१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी दैनिक कोभिड सम्बन्धी अपडेट अनुसार आज गण्डकीका ८२३ पीसीआर र ११८ एन्टिजेन परीक्षण ९४१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा कास्कीका २५१, तनहुँका ११, गोरखाका ८१, लमजुङका १, नवलपुरका ६८, स्याङ्गजाका १६८, पर्वतका ३१, बाग्लुङका २३५, म्याग्दीका ४० , मुस्ताङका २७ र मनाङ जिल्लाका २८ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २५ हजार ४४७ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीमा थप १६ जनाको मृत्यु पुष्टि भएको छ । जुन आजसम्मकै सबैभन्दा धेरै रहेको छ ।

आज मृत्यु पुष्टि भएकामा पोखराका विभिन्न अस्पतालमा उपचाररत १५ जना र धौलागिरी अस्पताल बाग्लुङमा उपचाररत एक रहेका जना छन् ।

मृतकहरु मध्ये कास्कीका सात जना, तनहुँका तीन जना, म्याग्दीका तीन जना, गोरखाका एक जना, बाग्लुङका एक जना र दाङ घर भै हाल पोखरामा उपचाररत एक जना संक्रमित रहेका छन् । आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३०४ पुगेको निर्देशनालयले जनाएको छ ।