कांग्रेस नेतृत्वको सरकार मिलेरै सञ्चालन गर्ने माओवादी केन्द्रको निर्णय

flag-maobadi-kendra

साउन ६, काठमाण्डौ

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकार सञ्चालनका लागि गठबन्धन दलहरुबीच साझा नीति तथा कार्यक्रम बनाएर सरकार संचालन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीको प्रतिगामी कदम असफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएको छ । गठबन्धनको सरकार हिजोको सरकार जस्तो हुनु नहुने भन्दै माओवादीले हिजो जुन प्रवृतिका विरुद्ध संघर्ष गरेको हो त्यस कुरामा सतर्क र सचेत रहनुपर्नेमा जोड दिएको छ ।

माओवादीले प्रतिगमन विरुद्धको संघर्ष सकिएपछि र नयाँ सरकार गठन भएर विश्वासको मत समेत लिइसकेकाले पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न ध्यान केन्द्रीत गर्ने निर्णय पनि गरेको छ । त्यसको तयारी तथा छलफलका लागि साउन २० गतेबाट केन्द्रीय कमिटी बैठक बस्ने माओवादीले बताएको छ ।

केन्द्रीय कमिटी बैठकको तयारीस्वरुप साउन १७ गते स्थायी समिति बैठक बस्ने माओवादी प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।