संसदको विशेष अधिवेशन तयारी : ११ सय ३४ जनाको कोरोना परीक्षण

samsad-pcr-test 1

बैशाख २३, काठमाण्डौ

संसदको विशेष अधिवेशनको लागि ११ सय ३४ जनाको कोभिड–१९को पीसीआर परीक्षण गरिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बुधबार ६ सय ९ र बिहीबार ५ सय २५ जनाको पीसीआर परीक्षण गरिएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिनुभयो ।

बुधबार जम्मा ६ सय ९ जनाको परीक्षण गरिएकोमा ६ जनामा कोभिड पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिनेहरू जनता समाजवादी पार्टीका चार सांसद र दुई जना संसद् सचिवालयका कर्मचारी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफ्नो विश्वासको मतको अवस्था बुझ्न वैशाख २७ गते संसदको विशेष अधिवेशनको सिफारिस गर्दैै राष्ट्रपतिकहाँ पठाउनुभएको थियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते दिउँसो १ बजेका लागि संसद बैठक आह्वान गर्नुभएको छ ।