१९ सांसदसहित १ सय ६० जनामा कोरोना संक्रमण, प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ

pm oli ko test

बैशाख २५, काठमाण्डौ,

प्रतिनिधि र राष्ट्रिय सभाका गरी १९ जना सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको छ । यसअघि सक्रमण पुष्टी भएका सहित अहिलेसम्म २६ सांसद संक्रमित छन् ।

यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा स्वकीय सचिव इन्द्र भण्डारी, उप सचिव रुपेश आचार्यमा भने पुनः संक्रमण देखिएको बालुवाटार स्रोतले जनाएको छ । उनीहरु यसअघि नै संक्रमित भइसकेका थिए । उनीहरुले कोरोना विरुद्धको दुई मात्रा खोप पनि लगाइसकेका छन् ।

गएको २२, २३ र २४ गते गरिएको पीसीआर परीक्षणमा प्रतिनिधि सभाका १८ र राष्ट्रिय सभाका एक जना सांसदको रिपोर्ट पोजेटिभ आएको संसद सचिवालयले जनाएको छ । यस्तै, सांसद बाहेक संसदसँग सम्बन्धित अन्य एक सय ४१ जना कर्मचारीमा पनि संक्रमण पुष्टी भएको छ ।

२ सय ५ जना सांसद र अन्य एक हजार ३० जना गरी कुल १ हजार २ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा सांसदसहित १ सय ६० जनामा कोरोना पोजेटिभ देखिएको हो ।