कृषकहरुको वृद्धि विकासमा भावना सामुदायिक कृषि सहकारी संस्थाको निरन्तरता

hh

साउन १८, कास्की,

पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष रण बहादुर थापाले पर्यटकिय नगरि पोखरालाई कृषिमा पनि आत्म निर्भर बनाउन लागि पर्नुपर्ने बताउनुभएको छ ।

आज भावना सामुदायिक कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको टनेल पलाष्टिक वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले व्यवसायिक रुपमा कृषि गरिरहेका किसानहरुलाई सहयोग गर्दै नयाँ युवा वर्गलाई पनि कृषि तर्फ आकर्षित गर्ने किसिमका कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिनुभएको छ ।

त्यस्तै कार्यक्रममा पोखरा महानगरपालिका कृषि तथा पशुविकास महासाखाकि ना.प्रा.स. पुनम देवि कुँवरले सहकारीले कृषिको विकासमा खेलेको भुमिकाको प्रशंसा गर्दै आगामि दिनमा महानगरपालिकाले पनि यस्ता कार्यहरुमा सहकार्य गर्ने बताउनुभएको छ ।

कृषि उपसमितिका संयोजक तिलक बहादुर खड्काले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेकपा एमाले वडा नं. १८ का अध्यक्ष पुस्कल बहादुर थापाले कृषिमा युवा वर्गलाई आकर्षित गर्न सरकारी तवरवाटै नयाँ कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिनुभएको छ ।

आज पोखरा १८, सराङ्कोटमा अवस्थित उक्त कृषि सहकारी संस्थाले २६ जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा टनेल पलाष्टिक वितरण गरेको हो । अघिल्लो वर्ष जस्तै यो वर्षपनि टनेल पलाष्टिक अनुदान कार्यक्रमलाई निरन्तरता दिईएको हो । वडामा अनुदानकोलागि निवेदन दिएकामध्ये अनुगमन गरि व्यवसायिक कृषि गरिरहेका २६ जनालाई मात्रै अनुदानमा पलाष्टिक वितरण गरेको संस्थाका प्रबन्धक दिपक थापाले जानकारी दिनुभयो । साथै संस्थाले विभन्न समयमा मौरीका घार, कृषि औजार सहित विभिन्न वोट विरुवाहरुमा समेत अनुदान दिँदै आएको प्रबन्धक थापाले बताउनुभयो ।

सहकारीका अध्यक्ष बलराम कोईरालाको सभापतित्वमा भएको कार्यक्रमको समापन गर्दै अध्यक्ष कोईरालाले भावना सामुदायिक कृषि सहकारी संस्थाले स्थापना कालदेखि नै कृषकहरुलाई विभिन्न समयमा अनुदान दिँदै आएको र आगामि दिनमा पनि सो कार्यलाई अझ वृहत रुपमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साथै संस्थाको यहि साउन ३० गते वार्षिक उत्सव कार्यक्रम हुने हुँदा सो कार्यक्रममा उपस्थित भई कृषिको व्यवसायिक करणमा सबैले सहयोग प्रदान गरिदिनुहुन पनि अध्यक्ष कोईरालाले आग्रह गर्नुभएको छ ।