योजना आयोगका उपाध्यक्षद्धारा सपथ ग्रहण, आफ्नो कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने पौडेलको प्रतिज्ञा

Sher-Bahadur-Deuba-and-Bishwo-Paudel sapath

साउन १४, काठमाण्डौ,

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले आज सपथ ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष विश्वनाथ पौडेललाई सिंहदरवारमा पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

प्रधानमन्त्री देउवाले शपथ खुवाएपछि आयोगका सदस्यले उपाध्यक्ष पौडेलबाट शपथ लिएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई त्यस्तै सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बु नियुक्त गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय योजना आयोग देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्दछन् ।
यसैबिच, सपथ ग्रहण पछि पत्रकारहरुसँग कुराकानि गर्दै आयोगका नवनियुक्त उपाध्यक्ष पौडेलले कोभिड–१९ र बाढीपहिरोको प्रभावका बारेमा ध्यान दिने बताउनुभएको छ ।


विश्वनाथ पौडेल

पौडेलले आफ्नो प्राथमिकतामा कोभिड–१९ र बाढीपहिरोबाट प्रभावितहरू रहेको बताउनुभयो । उहाँले अब नियमित कामका साथै समग्र योजनाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको बताउनुभयो । उपाध्यक्ष पौडेलले आफ्नो बाँकी कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने प्रतिज्ञा गर्नुभयो ।