६५ घर परिवार नै जोखिममा रहेको पहिरो रोकथाम गर्न आवश्यक पहल थाल्ने मन्त्री बरालको प्रतिबद्धता (तस्बिरहरु सहित)

pahiro herdai mantri3

साउन १२, कास्की

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल (जीवन)ले कास्कीको पोखरामहानगरपाकिा वडा नं. २१ मा पर्ने दम्सादीको पहिरो रोकथामको लागि आवश्यक पहल गर्ने बताउनुभएको छ ।

दम्सादीको पहिरोले ६५ घर परिवारको बस्ती सहित, झोलुङगे पुल समेत उच्च जोखिममा परेपछि स्थानियले त्यसको रोकथामको लागि पहल गरिदिन अर्थमन्त्री बराल समक्ष अनुरोध गरेका थिए ।

दम्सादीको दुई ठाँउमा गएको पहिरोको स्थलगत अवलोकन गर्दै मन्त्री बरालले सम्बन्धित निकायसंगको सहकार्यमा प्राविधिकको राय सल्लाह अनुसार पहिरो नियन्त्रणमा लागि पर्ने बताउनुभएको हो ।

मन्त्री बरालले बस्ती संरक्षणको नाममा करोडौं लगानी गर्नु भन्दा बस्तीलाई उचित ढंगले व्यबस्थापन गर्ने विषयमा समेत छलफल हुनुपर्ने भनाई राख्नुभयो ।

पोखरामहानगरपालिकाको वडा नं. १७ र २१ जोड्ने झोलुङगे पुल भएको स्थल भन्दा करिब एक सय मिटर टाडाको दुरीमा ठुलो पहिरो गएको छ भने दुई ठुला पहिरो करिब एक सय मिटरको दुरीमा गएको स्थानिय नवराज आचार्यले जानकारी दिनुभयो ।

स्थानिय श्रीराम सुवेदीले गत असार पहिलोे सातामा गएको पहिरोको कारण गाउँ बस्ती नै जोखिममा परेको भन्दै समयमै यसको समाधान खोजिनुपर्नेमा जोड दिनुभएको छ ।